सुख्खा पहिरो खसेर नारायणगढ-मुग्लिन सडक अवरूद्ध

भदौ ४-चितवनको इच्छाकामना–६ टोपेखोला नजिकै सुख्खा पहिरो खसेर नारायणगढ–मुग्लिन सडक अवरूद्ध भएको छ।

सोमबार राति ८ बजेतिर पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितले जानकारी दिए।

सडक डिभिजन कार्यालयसँग समन्वय गरी पहिरो पन्छाउने पहल भइरहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्