मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

भदौ ४-बाग्लुङ, बाग्लुङको गलकोट नगरपालिका ३ हटियाको बतासेडाँडामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ ।

गएराति ग ८ प १२२५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गलकोट नगरपालिका ३ हटिया बजारका अन्दाजी २८ वर्षीय गणेश परियारको ज्यान गएको हो । परियारको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्