रुकुमबाट छुटेको गाडी सल्यानमा दुर्घटना

भदौ ४-सल्यान, सल्यानमा गाडी दुर्घटनामा परेको छ ।

रुकुमको नुवाकोटबाट नेपालगन्ज तर्फ जादैँ गरेको लु २ ख ५७३१ नम्बरको फोर्स गाडी आज सोमबार दिउसो कपुरकोट गाउँपालिका ३ मा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । गाडीमा भएका सबै यात्रु घाइते भएको र अहिले उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । गाडी सडक देखी करिब २ सय मिटर तल खसेकाले पनी मानविय क्षेती भएको अनुमान गरिएको छ । घटनाका बारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्