भदौ ४-बारा, बोरामा राखी भारत लैजाँदै गरिएका दुई नेपाली बालबालिकाको उद्धार गरिएको छ।
सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक टोपबहादुर डाँगीका अनुसार देवताल गाउँपालिका–३ अमवा गाउँका शिवपुजन महतोकी ९ महिनाकी छोरी र प्रेमचन्द्र महतोका २ वर्षीय छोरालाई आइतवार उद्धार गरी नेपाल प्रहरीलाई जिम्मा लगाइएको छ।
नेपाली दुई बालबालिकालाई बोरामा राखेर भारततर्फ लैजाँदै गरेका एक युवकलाई सिमावर्ती गाउँपालिका देवतालबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। बालबालिका चोरी गरेको आरोपमा भारतको पूर्वीचम्पारण मूर्तिया ग्राम पञ्चायत वडा नम्बर ४ आदापुरका २२ वर्षीय तबरेज आलमलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक डाँगीले बताए।
आलममाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक डाँगीले बताए। उनका अनुसार बोरामा राखी भारततर्फ लैजाने क्रममा बच्चाहरु रोएको आवाज सुनेपछि उद्धार गरिएको हो। उद्धार गरिएका बालबालिकालाई आइतवार नै अभिभावकको जिम्मा लगाइएको छ।
प्रतिक्रिया दिनुहोस्