लखनऊ–बहराइच राजमार्गमा ट्याङ्कर दुर्घटना हुँदा आगलागी, चालक फरार

भदौ ३-भारतको लखनऊ–बहराइच राजमार्गमा आइतबार बिहान तीव्र गतिमा रहेको ट्याङ्कर अनियन्त्रित भई डिभाइडरसँग ठोक्किएर पल्टिँदा आगलागी भएको हो । गाडीमा इथानोल थियो, जुन सडकमा खस्यो। जसका कारण आगो चारैतिर फैलिएको थियो । बाटोमा ठूलो जाम थियो । प्रहरी र दमकलको पाँचवटा गाडी पुगेर आगो नियन्त्रणमा लिएका थिए ।

इथानोल लिएर गोन्डाबाट कानपुर जाँदै गरेको ट्याङ्करको दुर्घटना भएको हो। घटना बिहान करिब ३ः३० बजे मसौली प्रहरी चौकीको मुख्य चोकमा भएको हो । इथानोल बोकेको ट्याङ्कर अचानक अनियन्त्रित भई डिभाइडरमा ठोक्किएर राजमार्गमा पल्टिँदा गाडीमा आगो लागेको थियो । ट्याङ्कर चालक घटनास्थलबाट फरार भएका छन् ।

चालक निदाएका कारण दुर्घटना भएको प्रारम्भिक रुपमा देखिएको सीओ हर्षित चौहानले बताए । चालक फेला परेपछि वास्तविक कारण थाहा हुनेछ । ट्याङ्करमा इथानोल भरिएको छ । अन्तःशुल्क निरीक्षकका अनुसार यो ट्याङ्कर गोण्डाको मिर्जापुर डिस्टिलरीबाट इथानोल लिएर कानपुर जाँदै थियो ।

प्रतिक्रिया दिनुहोस्