धनगढीबाट १२ लाख बढी मुल्यका अवैध सामान बरामद

भदौ ३-धनगढी, कैलालीको धनगढीबाट प्रहरीले १२ लाख ३९ हजार मुल्य बराबरका अवैध सामान बरामद गरेको छ।

आइतबार धनगढीका विभिन्न स्थानबाट १२ लाख ३९ हजार ८७५ रुपैया बराबरका भन्सार छलीका सामान प्रहरीले बरामद गरेको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको आरआईटी टोलीले भन्सार छलीका सामान जफत गरेको हो। जफत गरिएका सामान भन्सार कार्यालय पठाएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्