सर्पको डसाइबाट महिलाको मृत्यु

भदौ ३-झापा, झापाको हल्दिबारीमा विषालु सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका–२ निवासी अन्दाजी ४५ वर्षीया जितेन राजवंशी रहेके जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।

उनलाई शनिबार दिउँसो घरमै विषालु सर्प करेतले डसेको थियो । सर्पको डसाइबाट गम्भीर घाइते भएकी उनलाई उपचारको लागि सर्पदंश उपचार केन्द्र चारआली लगिएको थियो । स्वास्थ्य अवस्था जटिल बनेपछि त्यहाँ उपचार नहुँदा उनलाई थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्‍याउन साथ चिकित्सकले मृत घोषित गरेका थिए

प्रतिक्रिया दिनुहोस्