भद्रपुरको मेची नदीमा डुबेर बालकको मृत्यु

 भदौ ३-भद्रपुर, झापाको भद्रपुर नगरपालिका–५ स्थित मेची नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।

शनिबार दिउँसो भद्रपुर–५ देवीबस्तिस्थित मेची नदीमा पौडी खेल्ने क्रममा भद्रपुर–६ भानुचोकका विनोद महतोका छोरा १३ वर्षीय बालक शिव महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।

बालक नदीमा डुबी मृत्यु भएको भन्ने खबर पाएपछि वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बालकको शव नदीबाट बाहिर निकालेको थियो । बालकको मृत्यु पौडी खेल्ने क्रममै भएको पुष्टि भएको प्रवक्ता रिजालले बताउनुभयो । मृतक बालकको शव प्रादेशिक अस्पतालमा पोष्टमार्टम पछि आज बिहान आफन्तले बुझेका छन् ।

प्रतिक्रिया दिनुहोस्