कैलारी गाउँपालिकाका एक वडा सदस्यको मृत्यु

भदौ ३-कैलाली, कैलालीमा एक वडा सदस्यको मृत्यु भएको छ। आइतबार कैलारी गाउँपालिका–८ दुधिया गाउँका ४२ वर्षीय वडा सदस्य माधुराम चौधरीको मृत्यु भएको हो।

शनिबार कैलारीबाट धनगढी आइपुगेका माधुरामको मृत्यु भएको हो। उनको मृत्युपछि आज कैलारी गाउँपालिकाको कार्यालय एवं शिक्षण संस्थाहरुमा बिदा दिइएको छ। कैलाली प्रहरीका अनुसार वडा सदस्यको मृत्यु रहस्यमय तरिकाले भएको भन्दै अनुसन्धान सुरु थालिएको छ।

 

प्रेसरका बिरामी समेत रहेका माधुराम अचानक लडेपछि राति नै अस्पताल लगिएको थियो। तर उनको बिहान मृत्यु भएको गाउँपालिकाले जनाएको छ। धनगढीको मायामेट्रो अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो। यस्तै मृतक माधुरामको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्