भदौ ३-लिमा, पेरुको पहाडी क्षेत्र एन्डिजमा यात्रुवाहक एउटा दुर्घटना हुँदा १३ जनाको मृत्यु हुनका साथै अन्य पाँच जना गम्भीर घाइते भएका अधिकारीहरूले बताएका छन् ।
करिब ५० जना यात्रु बोकेको बस एण्डियन शहर विल्काशुआमानबाट राजधानी लिमातर्फ आउँदा पहाडी भेगको खोचमा आज बिहान खसेको हो हुआतारा जिल्ला प्रहरी चौकीका एक अधिकारीले एएफपीलाई बताए । घाइतेहरूको पिस्को शहरको अस्पतालमा उपचार भइरहेको छ ।
तीव्र गति, मर्मतसम्भार नगरिएका खराब सडक, सुरक्षा तथा जोखिमसूचनक सडक सङ्केतको कमी र सवारी नियमको अक्षरसः पालना नहुँदा पेरुका राजमार्गमा प्रायःदुर्घटना भइरहन्छन् ।
विश्व स्वास्थ्य सङ्गठनले सन् २०१९ मा सार्वजनिक गरेको एक अध्ययनअनुसार त्यस वर्ष चार हजार चार सय १४ जनाको सडक दुर्घटनामा मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्