दाङमा विषालु च्याउ खाँदा एक जनाको मृत्यु

भदौ १ -तुलसीपुर, दाङको बङ्गलाचुली गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी परेकी ईश्वरी सुनारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ । यसअघि उहाँकी छोरी अस्मिता सुनारको अस्ति बुधवार उपचारकै क्रममा मृत्यु भएको थियो । जङ्गली च्याउ खाएर एकै घरका तीन जना बिरामी परेकामा दुई जना आमाछोरीको मृत्यु भएको हो ।

गएको साउन २९ गते बेलुकी बङ्गलाचुली–४ भित्ताला जङ्गलबाट खोजेर ल्याएको जङ्गली च्याउ खाएर बिरामी परेका मृतक ईश्वरीका श्रीमान् अजय सुनारको पनि स्वास्थ्य अवस्था गम्भीर रहेको छ । उहाँको अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्