दोश्रो जीवन्त नेपाल म्यूजिक अवार्ड २०८० छिट्टै हुँदै

भदौ १-दोश्रो जीवन्त नेपाल म्यूजिक अवार्ड २०८० को सम्वन्धमा पत्रकार सम्मेलन सम्पन्न भएको छ । अग्लेश्वरी हिल्स विकास कोषको आयोजनामा हुन गइरहेको अवार्ड ४५ विधावाट सर्वोत्कृष्ठमा घोषणा हुनेछ ।

रामेछाप जिल्लाको शान खाँडादेवी,सुनापाती र दोरम्वाको सँगमस्थल अग्लेश्वरी हिल्स जोडिएको छ । अग्लेश्वरी सँगै विश्व सम्पदाको प्राकृतिक सुचीमा सुचीकृत शैलुङ पनी छ । अग्लेश्वरी हिल्सको बृहत्तर योजना रहेको यस अवार्डका कार्यक्रम संयोजक तथा रामेछाप साँस्कृतिक समाजका अध्यक्ष एवं गायक कुमार कार्कीले बताएका छन । धार्मिक,साँँस्कृतिक र पर्यटन क्षेत्रको अभिवृद्धि गर्ने उदेश्यले ,साँँस्कृतिक पाटोवाट कलाकारले पर्यटन क्षेत्रलाई चिनाउन मद्धत गर्ने भएकाले कलाकारलाइ सम्मान गर्ने , प्रोत्साहन गर्ने तवरले यो अवार्डको आयोजना गरिएको संयोजक कार्कीले बताए । अवार्डको फाराम भर्ने मिती भदौ १० सम्म मात्र रहेको र त्यसको केहि दिनपछि उत्कृष्ठ ५ मनोनयनको घोषणा गरिने वताइएको छ । अवार्डको मिती भने पछि घोषणा गरिने भएको छ ।

अग्लेश्वरी हिल्स विकास कोषका अध्यक्ष तथा गायक सिजम सिंजालीले अग्लेश्वरीको विकासका निम्ति,प्रचार प्रसारका निम्ति यो स्थानमा प्रस्तावित उदेश्य भनेको नमस्ते स्काई व्रिज, अग्लेश्वर महादेव , चारधाम निर्माण लगायत अन्य साँस्कृतिक र पर्यटन अभिवृद्धिका कार्य हुने वताएका छन । कार्यक्रममा युवा समाजसेवी तथा व्यवसायी हरि पुडासैनी ,नेपाल जडिवुटि व्यवसायी संघका अध्यक्ष विष्णु भण्डारी लगायतले अग्लेश्वरी हिल्सको यो अवार्डको अभियानलाइ सबैले एकजुट भएर साथ दिनु आवश्यक रहेको वताएका छन ।

 

प्रतिक्रिया दिनुहोस्