सर्पको टोकाइबाट एक जनाको मृत्यु

साउन ३२-सर्लाही, सर्लाहीको लालबन्दी नगरपालिका १० मा सर्पको टोकाइ बाट एक वृद्धाको ज्यान गएको छ ।

गएराति सर्पको टोकाइ बाट ७४ वर्षीया इन्द्रमाया श्रेष्ठको ज्यान गएको प्रहरीले जनएको छ । सर्पको टोकाइ बाट बेहोस भएपछि लालबन्दीमा रहेको नवलपुर सर्पदंश उपचार केन्द्रमा पुर्याएकी श्रेष्ठलाई चिकित्सकले मृत घोषित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्