आशा लामाको “माछि फुर्लुङमा” सार्वजनिक

श्रावन २९-गायिका आशा लामा ज्ञानमालाको नयाँ रमाइलो ठट्यौली दोहोरी गीत “माछि फुर्लुङमा” सार्वजनिक भएको छ ।

गीतसंगितमा साँढे दुईदशक यात्रा गरेकी लामाको आफ्नै यूट्युव च्यानल ज्ञानमाला म्यूजिक मार्फत गीतको भिडियो सार्वजनिक छ ।

माछा,माछि,माझि र माया प्रिती विचको ठट्यौली प्रसङ्गलाई गीत मार्फत प्रस्तुत गरिएको छ । गीतमा चर्चित गायक नवराज घोरासैनीको लय शव्द रहेको छ । नवराज घोरासैनी, आशा लामा ज्ञानमाला र कल्पना धितालको स्वरमा रहेको गीतको भिडियोलाई अहिलेका कुशल युवा निर्देशक निरेन श्रेष्ठले निर्देशन गरेका छन भने गीतमा चर्चित हाँस्य कलाकारहरु किरण के.सी, धनराम मुस्कान ,दमन रुपाखेती, एलिना रायमाझी, जुना कार्की,राजेन्द्र गिरी,विश्व रुम्बा, दामोदर सापकोटा ,ओम भट्टराई, अमृत कुमार कार्की, सर्मिला सुनुवार र राम भट्टराईले अभिनय गरेका छन । छायाँकारद्धय ज्ञानेन्द्र शर्मा हुमागाई र डोर वहादुर कटुवालले छायाङ्कन गरेको भिडियोलाई कल्पेश विश्वकर्माले सम्पादन गरेका हुन ।

१३ वर्षको उमेरमै गीत रेकर्ड गराएकी गायिका लामाको पहिलो आफ्नै लगानीको गीत भने हिलेवाट भोजपुर जाने दाई हो । उनको तारा खसालेर,चुरा पोते , आउन पाइन सम्झेर नरुनु, रिडि दोभान ,रातो रातो गाला, मेलम्चीको दाई,फरक भएछ यात्रा लगायतका गीतहरु स्रोता दर्शकमाझ लाकप्रिय छन ।

 

भिडियोः

प्रतिक्रिया दिनुहोस्