दमकबाट ब्राउनसुगर र नगदसहित दुई जना पक्राउ

श्रावन २८- झापा,  झापाको दमक नगरपालिकाबाट लागुऔषध ब्राउनसुगर र नगदसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

शनिबार राति दमक–२ भाङबारीस्थित २३ वर्षीय पुजन दुलालको घर कोठामा प्रतिबन्धित लागुऔषध ब्राउन सुगर बिक्री वितरण गरिरहेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले घरधनी पुजन दुलाल र दमक–७ छितिज टोलका २१ वर्षीय सचिन मगरलाई शरीर तथा कोठा तलाशी गर्दा निजहरु बसेको कोठाबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर ४ ग्राम ३०० मिलिग्राम, डिजिटल तराजु १ थान, मोबाइल ३ थान र नगद १ लाख २३ हजार ९०० समेत फेला परेकोले दुवै जना मानिसलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्