कैलालीको तेघरीमा लागुऔषधसहित दुई युवक पक्राउ

श्रावन २७-धनगढी, कैलालीको तेघरीमा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन्।

जिल्लाको गोदावरी नगरपालिका–२ तेघरीको महराटोलबाट १२० मिलिग्राम लागुऔषधहित सोही ठाँउका २३ वर्षीय उत्तम महरा र १९ वर्षीय धुर्ब भट्ट शुक्रवार साँझ पक्राउ परेका हुन्। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्