श्रावन २६ -बारा, बारामा ९० वर्षीय बाबुको हत्या गरेको आरोपमा ६० वर्षीय छोरा पक्राउ परेका छन् । बाराको जितपुरसिमरा उपमाहनगरपालिका १६, टांगिया वस्तीमा घरायासी विवाद हुँदा छोराले बाबुको हत्या गरेको आरोप सम्बन्धमा छानबिन गर्न प्रहरीले ६० वर्षीय छोरालाई पक्राउ गरेको हो ।
शुक्रबार दिउँसो करिब १२ः४५ बजेतिर छोराले रिसको आवेगमा ९० वर्षीय माइत सिंह घलानको हत्या गरेको इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।
घटनालगत्तै स्थानीय बासिन्दाले खबर गरेपछि घटनाको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी टोलीले अनुसन्धान थालेको छ । घटनामा संलग्न ६० वर्षीय छोरा दिलबहादुर घलानलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक श्रेष्ठको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्