श्रावन २६-हवाई, अमेरिकाको पश्चिमी राज्य हवाईमा डढेलोमा परी ५३ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीका अनुसार माउई टापुको पर्यटकीय सहर लाहैनामा तीव्र गतिमा फैलिएको डढेलोमा परी उनीहरूको मृत्यु भएको हो । डढेलोमा थुप्रै घाइते भएका छन् भने हजारौं परिवार विस्थापित भएका छन् ।
घटनापछि हवाई राज्यमा आपत्काल घोषणा गरिएको छ । माउई काउन्टी सरकारले डढेलो नियन्त्रणको प्रयास गरिएको जानकारी दिएको छ । यद्यपि, तीव्र हावा र सुक्खा अवस्थाले अग्नि नियन्त्रकलाई डढेलो नियन्त्रणमा लिन हम्मेहम्मे परिरहेको छ । यस्तै ११ हजारभन्दा बढीको हवाई उद्धार गरिएको पनि स्थानीय अधिकारीले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्