रोल्पामा खोलाले बगाउदा एक बालकको मृत्यु

श्रावन २६-रोल्पा,  रोल्पामा खोलाले बगाउदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा थबाङ गाउँपालिका १ जुर्बाङका राज विक रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । हिजो बिहिबार साँझ साढे ६ बजेको समयमा थबाङ गाउँपालिका २ थबाङ बजारबाट आमा संगिता विकसंग घर फर्किने बेला बालकलाई खोलाले बगाएको प्रहरीले जनाएको छ ।

 

बजारबाट घर फर्किने क्रममा छोरालाई आमाले बोकेर जुर्बाङखोला तर्ने क्रममा ढुङगामा खुट्टा चिप्लिदा छोरालाई खोलाले बगाएको प्रहरीको भनाई छ । २ बर्षका छोरा राज बिकको शवलाई स्थानियहरुले १ किलोमिटर टाढा भेटाएका थिए

स्रोतः तुलसीपुर खबर

प्रतिक्रिया दिनुहोस्