श्रावन २५- इक्वेडर, राष्ट्रपति पदका उम्मेदवार फर्नान्डो भिल्लाभिसेन्सियोको गोली हानी हत्या भएपछि इक्वेडरका राष्ट्रपति गुइलेर्मो लासोले २ महिनाका लागि सङ्कटकाल घोषणा गर्नुभएको छ । नागरिकको सुरक्षा, देशको शान्ति र आउँदो निर्वाचनको ग्यारेन्टी गर्न सशस्त्र सुरक्षा बललाई देशभर परिचालन गरिएको उहाँले बताउनुभएको छ ।
१० दिन पछि हुन लागेको राष्ट्रपतीको निर्वाचनमा उम्मेदवार रहेका भ्रष्टाचार र आपराधिक गिरोहविरुद्ध अभियान चलाउँदै आएका पूर्वपत्रकार भिल्लाभिसेन्सियोको आज गोली हानी हत्या गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्