ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुई जना पक्राउ

श्रावन २४-रुपन्देही,  शुद्धोधन गाउँपालिका-३ दोगाना चोकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम २० मिलिग्राम र खुकुरी १ थानसहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा शुद्वोधन गाउँपालिका-५ पुरैनि बस्ने २० वर्षीय  सुरज थारु र सोही गाउँपालिका-३ रमवापुर बस्ने २२ वर्षीय उमेश थारु रहेका छन् ।

ईलाका प्रहरी कार्यालय छपिया र प्रहरी चौकी फर्साटिकरबाट खटिएको प्रहरीले लु.८५ प ४५५८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त पदार्थसहित उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 स्रोतः नेपाल प्रहरी

प्रतिक्रिया दिनुहोस्