पहिरोमा बगेका व्यक्ति १४ घण्टापछि जीवितै फेला

श्रावन २३-  मकवानपुरको बागमती गाउँपालिका सिक्रेनीमा पहिरोमा पुरिएर वेपत्ता भएका ६ मध्ये एक जना जीवित भेटिएका छन् । जीवित भेटिनेमा सिन्धुली हरिहरपुर गाउँपालिका १ ककरेका १९ वर्षका पासाङ घिसिङ रहेका प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार पहिरोले घर बगाउँदा वेपत्ता घिसिङलाई १४ घन्टापछि घाइते अवस्थामा फेला पारिएको हो ।

 

घिसिङलाई पहिरोले बगाएको घरभन्दा निक्कै तल खोलामा फेला पारिएको हो । उनी पाहुना लागेको मकवानपुरको बागमती गाउँपालिका ५ सिक्रे दोभानका ६० वर्षीय अक्कलबहादुर स्याङ्तानको घर पहिरोले बगाएको थियो । जसमा ५ जना अझै बेपत्ता छन् ।

प्रतिक्रिया दिनुहोस्