कैलालीको चौमालामा टिप्परले विङ्गरलाई ठक्कर दिदाँ ९ जना घाइते

श्रावन २३- सुखड, कैलालीको चौमालामा टिप्परले विङ्गरलाई ठक्कर दिदाँ ९ जना घाइते भएका छन । पुर्व पश्चिम राजमार्ग अन्तरगत चौमालाको गोप्का चोकमा टिप्परले विङ्गरलाई ठक्कर दिदाँ ९ जना घाइते भएका हुन ।

अहिले दुर्घटनास्थलमा नेपाल प्रहरी पुगेर उद्दार गरिरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय मालाखेतिका प्रहरी निरीक्षक बासुदेव भट्टले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्