सल्यानमा आफ्नै छोराले गरे आमाको हत्या

श्रावन २३ -सल्यान,   सल्यानमा आफ्नै छोराको लाठी प्रहारबाट आमाको मृत्यु भएको छ । मृत्यु हुनेमा शारदा नगरपालिका १३ माथिल्लो सल्यानचौर निवासी ४८ बर्षिय शारदा भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिनुभएको छ । आज मंगलबार बिहानै ४ बजेको समयमा २३ वर्षिय छोरा नबिन भण्डारीले कोठामा सुतिरहेकी आमालाई भित्रै प्रवेश गरी लाठीले टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभएको छ ।

 

घटनाबारे जानकारी पाएपछी अहिले प्रहरीको टोली घटनास्थल पुगेको छ । लाठी प्रहार गरेर आमाको हत्या गर्ने नवीनमा मानसिक समस्या रहेको भनिएपनी थप अनुसन्धान पछी मात्रै घटनाबारे थाहाहुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्