‘तिब्र गतिको बसले गर्दा ५ जनाको ज्यान गयो, ड्राइभर भागेर प्रहरीकोमा

साउन २३-  रोल्पाको बाघमाराबाट दाङको घोराहीको लागि छुटेको यात्रुबाहक बस रिचिमा पल्टिंदा ५ जनाको मृत्यु भएको छ । त्यसैगरी घटनामा परेर १० जना घाइते भएका छन् । मृतकको पहिचान भएको भएको छैन् । ड्राइभरको लापरबाहीका कारण राम्रो बाटोमा पनि बस दुर्घटना हुँदा यात्रुले अकालमा ज्यान गुमाउनु परेको त्रिवेणी गाउँपालिका –७ का वडा अध्यक्ष भानबहादुर घर्तीमगरले बताउनुभयो ।

 

‘म अहिले त्रिवेणी गाउँपालिका – ७ को रिचि स्थित घटना स्थलमा छु । उद्धार कार्य जारी छ । अहिलेसम्म ५ जनाको मृत्यु भएको छ र उनीहरूको पहिचान हुन बाँकी छ । प्रत्यक्षदर्शीका अनुसार गाडी तीब्र गतिमा थियो । तिव्रगतिका कारण गाडी पल्टिएर सडकबाट करिब एक सय मिटर तल खसेको छ । चालक भागेर प्रहरीकोमा पुगेका छन् ।’ अध्यक्ष घर्तीमगरले भन्नुभयो । स्थानीय प्रत्यक्षदर्शीले पनि तीव्रगति र लापरवाही पूर्ण तरिकाले दुर्घटना भएको बताएका छन् ।

१५ जना यात्रु लिएर बाघमाराबाट ना ५ ख २६१२ नम्बरको बस दाङको घोराहीका लागि छुटेको थियो । भौगोलिक विकटता, यातायातको असुविधाका कारण घाइतेलाई तत्काल अस्पताल पुर्‍याउन नसक्दा थप मानवीय क्षति हुन सक्ने वडा अध्यक्ष घर्तीमगरले बताउनुभयो । 

स्रोतः तुलसीपुर खबर

प्रतिक्रिया दिनुहोस्