टिकापुरमा प्रहरीबाटै होटल व्यवसायीलाई बिना कारण जेल लगि थुनामा राखियो

 

श्रावन २१ -टिकापुर, टिकापुरको मुख्य बजारमा सडक तथा नाली बनाउने काम चलि रहँदा मेरो अछाम होटल एण्ड रेष्टुरेन्टका केही सामानहरुले निमार्णकार्यमा बाधा गरे पछि निमार्ण कंपनीले मेरो अछाम होटल एण्ड रेष्टुरेन्टलाई ति सामानहरु हटाउन भनेको र तेसै सिलसिलामा दिनभरी काम सकेर साँझबाट सामान सादौ गर्दा करिब १०ः३० को समयमा स्थानीय प्रहरी बिना कारण पसलबाट बोलाई जबरजस्ती हतकडी लगाई अभद्र व्यवहार गरी करिब १२ घण्टा थुनामा राखेको थियो र यो खबर पाए लगतै तेहाका गन्यमान्य व्यक्ति गई मेरो अछाम होटल एण्ड रेष्टुरेन्टका संचालक उपेन्द्र साउँदलाई रिहा गराएका छन

मेरो अछाम होटल एण्ड रेष्टुरेन्टका संचालक उपेन्द्र साउँदको रिहा पछि पिडितले सम्पुर्ण संचारकर्मीहरुको रहोबरमा उद्योग वाणिज्य संघलाई आफुलाई अभद्र व्यवहार गरेको र चरित्र हत्या गरेको विषय उल्लेख गर्दै उचित क्षतिपुर्ती सहित छलफलको लागि निवेदन पेश गरेका छन

प्रतिक्रिया दिनुहोस्