जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

श्रावन २१-भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-३ कौशलटारस्थित रामेछाप सुनपाति गाउँपालिका-५ घर भएका ४० वर्षीय प्रभु खड्काको ओम होटलमा जुवातास खेलिरहेको अवस्थामा खड्का समेत १३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख १७ हजार ४ सय २५ रूपैयाँ र १० बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

स्रोतः नेपाल प्रहरी

प्रतिक्रिया दिनुहोस्