धनगढीबाट गाई करणीको आरोपमा युवक पक्राउ

श्रावन २१-धनगढी, कैलालीको धनगढीबाट गाई करणीको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर १८ फूलबारीका ३५ वर्षीय ओमप्रकाश जैगडी गाई करणी गरेको आरोपमा पक्राउ परेका हुन्।

 

मदिरा सेवन गरेर गाईलाई करणी गरेको भन्दै स्थानीयले उनलाई प्रहरीमा बुझाएका छन्। उनी विरुद्ध गाईलाई करणी गरेको भन्दै उजुरी परेको कैलाली प्रहरीले बताएको छ।

 

स्रोतः दिनेश खबर

प्रतिक्रिया दिनुहोस्