चन्द्रागिरीमा जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ

काठमाडौं, चन्द्रागिरी नगरपालिका-५ बस्ने ६१ वर्षीय केदार सिंह सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा सुनारसहित ६ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १६ हजार ७ सय १५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्