करेन्ट लागेर एक महिलाको मृत्यु

श्रावन २०-सप्तरी, सप्तरीमा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ । सप्तरीको राजगढ गाउँपालिका ६ फकिरामा करेन्ट लागेर अन्दाजी ५८ वर्षीया दुर्गिदेवी साहको ज्यान गएको हो ।

 

खेतमा मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी शाहको राजविराजमा रहेको गजेन्द्रनारायण सिंह अञ्चल अस्पतालमा ज्यान गएको हो । यस घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्