कञ्चनपुरबाट लागुऔषधसहित तीन जना पक्राउ

कञ्चनपुरबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार वीरेन्द्र बडायक, कालु राना र रितिक थापा लागुऔषधसहित पक्राउ परेका हुन्।

 

जिल्लाको बेलौरी नगरपालिका वडा नम्ब। ६ हात्तिबोझाका बडायक र राना शुन्य दशमलव ३२ ग्राम लागुऔषधसहित पक्राउ परेका हुन्।  उनीहरुले सुर्तीको प्याकेटमा लागुऔषध राखेका थिए। इलाका प्रहरी कार्यालय बेलौरी र बेलडाँडीको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

यस्तै जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ४ का थापा तीन दशमलव ६८० मिलिग्राम लागुऔषधसहित पक्राउ परेका छन्। उनीबाट से २ प ८४७८ नम्बरको मोटरसाइकलसमेत बरामद गरिएको छ।

प्रतिक्रिया दिनुहोस्