टीकापुरको मुख्य बजारमै एक किशोरमाथी छुरी प्रहार

 

टीकापुर, साउन १९

कैलालीको टीकापुर नगरपालिकाको मुख्य बजार क्षेत्रमै एक किशोरमाथि अर्का किशोरले छुरी प्रहार गरेका छन् !नगरपालिका कार्यालयसँगै जोडिएको रारामार्गको एक पसलअघि टीकापुरका १७ वर्षीय महेश परियारलाई छुरी प्रहार भएको हो !

स्थानीय १८ वर्षीय निशान खड्काले परियारलाई छुरी प्रहार गरेको प्रहरीले जनाएको छ !

छुरी प्रहारबाट घाइते परियारको आँखा नजिक चोट लागेको छ !

घटना लगत्तै दुबै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी तुलसीराम अर्यालले बताए ! ‘प्रारम्भिक अनुसन्धानमा म्यासेन्जरमा भाइ भनेपछि उनीहरु बिच झगडा भएको देखिन्छ’ डीएसपी अर्यालले भने ‘घटनाबारे थप अनुसन्धान गरिरहेका छौं !

प्रतिक्रिया दिनुहोस्