कञ्चनपुरमा तीन लाख बढी भन्सार छलीका सामान बरामद

श्रावण १९-कञ्चनपुरमा तीन लाख बढी भन्सार छलीका सामान बरामद गरिएको छ।

 

जिल्लाको भीमदत्त नगरपालिका–४ बसपार्कबाट भन्सार छली गरी ल्याएका अन्दाजी ३ लाख ७६ हजार मूल्य बराबरको कोट पाईन्टको कपडा, भेष्ट, मोटरसाईकल १ थान बिहीवार दिउसो प्रहरी बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बेवारिसे अवस्थामा फेला परेका उक्त सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाइएको छ।

 

स्रोतः दिनेश खबर

 

 

प्रतिक्रिया दिनुहोस्