श्रावन १९ -दोलखा, दोलखाको गौरीशंकर गाउँपालिका–८ मा पहिरोले घर बगाउँदा तीन जना बेपत्ता भएका छन भने तीन जनाको घाइते अवस्थामा उद्धार गरिएको छ । बेपत्ता र घाइतेको परिचय खुल्न नसकेको वडा अध्यक्ष दावा शेर्पाले जानकारी दिनुभएको छ ।
यस्तै टोपाटारमा ३ घर पुरिएका छन भने वर्षाले उक्त वडाको सल्ले गाउँका २ घर बगाएको छ । १५ घर विस्थापित भएको वडा अध्यक्ष शेर्पाले बताउनुभयो । दुर्गम भएकाले पहिरोबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको छ ।
स्रोतः तुलसीपुर खबर
प्रतिक्रिया दिनुहोस्