जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ

उदयपुर, १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेलका नगरपालिका-७ बस्ने २० वर्षीय मनोज शाशंखरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मनोजले ती किशोरीलाई सोमबार राति सुतिरहेको कोठामा प्रवेश गरी डर त्रास देखाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

भक्तपुर, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रूकुम मुसिकोट नगरपालिका-३ घर भई काठमाडौं नयाँबानेश्वर थापागाउँ बस्ने १९ वर्षीय बिबेक केसीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । केसीले ती बालिकालाई गत साउन ४ गतेदेखि ललाई फकाई पटक-पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त ठिमिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

पाल्पा, ११ वर्षीया बालिकालाई जबरजस्ती करणी तथा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा तानसेन नगरपालिका-८ पाँडेखर्क बस्ने २२ वर्षीय बिशाल ठडराईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिशालले बालिकालाई आइतबार बिहान जबरजस्ती करणी तथा सोही दिन दिउँसो जबरजस्ती करणी उद्योग गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी प्रभासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्