घाँस काट्ने क्रममा भीरबाट लडेर एक जनाको मृत्यु

गुल्मी,१८ साउन । घाँस काट्ने क्रममा भीरबाट लडेर गुल्मीमा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको मुसिकोट नगरपालिका–४ डाँडाथोक बस्ने ३६ वर्षीया फुलकुमारी नेपाली रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

 

नेपाली आज बिहान ९ बजे आफ्ना छोरीहरूसँग स्थानीय ढुङ्गेठाँटी हर्लेखानी सामुदायिक वनमा घाँस काट्न गएकी थिइन्। करिब दुई सय मिटर तल खसेकी नेपालीको घटनास्थलमै मृत्यु भएको थियो । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्