रौतहट, गरुडा नगरपालिका-९ रघुनाथपुर बस्ने होशनारायण यादवको खेतमा जडान गरी राखेको पानी तान्ने पम्पीसेट चोरी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा गढीमाई नगरपालिका-२ हथियोल बस्ने २७ वर्षीय सिद्विलाल साह र ३५ वर्षीय दिपेश पासवान रहेका छन् । गएराति उक्त पानी तान्ने पम्पीसेट चोरी भएको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट नरकटियाबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा उनीहरूले प्रदेश २-०३-००१ ह९४९ नम्बरको अटोमा लगि सर्लाही गोडैता नगरपालिका-८ स्थित कवाडी पसलमा बेच्न लागेको अवस्थामा प्रहरी चौकी गोडैता सर्लाहीसँग समन्वयमा पम्पीसेटसहित उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्