कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका–१० ब्यारेल नजिकबाट ७.५७ ग्राम लागु औषधसहित सोहि नगरपालिका–१८ का २० वर्षीय भुवन खुनालाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको हो। उनलाई इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिईएको प्रहरीटोलीले लागुऔषधसहित पक्राउ गरेको हो।

उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्