टिकापुरमा घरको छतबाट लडेर एक जनाको मृत्यु

श्रावन १७- कैलालीको टिकापुरमा घरको छतबाट लडेर एक जनाको मृत्यु भएको छ।

टिकापुर नगरपालिका–१ ब्लक नम्बर १० वस्ने ७८ वर्षीय ज्योतिसिंह खडका मंगलवार राति आफ्नै एक तले घरको छतबाट लडेर घाइते भएका थिए। घाइते भएका खडकाको टिकापुर अस्पतालमा उपचारकै क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्