रेलमा गोली प्रहार हुदा एक प्रहरीसहित चार जनाको मृत्यु

भारतको महाराष्ट्रमा चलिरहेको रेलमा गोली प्रहार हुँदा एक जना प्रहरीसहित चार जनाको मृत्यु भएको छ । पालघर रेलवे स्टेशन नजिकै जयपुर–मुम्बई एक्सप्रेसमा यात्रा गरिरहेका चार जनालाई रेलवे सुरक्षा बल आरपीएफका एक जवानले गोली प्रहार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

जयपुरबाट मुम्बईका लागि छुटेको रेलमा गोली प्रहार भएको र गोली चलाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । घटना के कारणले भयो भन्नेबारे केही खुलेको छैन । यात्रा गरिरहेका बेला रेलमा अचानक गोली चलेको प्रत्यक्षदर्शीले बताएका छन् । घटनाको अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्