मोरङमा भारतीय मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

विराटनगर : मोरङको धनपालथान गाउँपालिका–४ मा शनिबार राति भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार भित्री सडकखण्ड हुँदै उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बीआर ५० डी ८५४६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर राति ९:२० बजेतिर दुर्घटनामा परेको हो ।

अनियन्त्रित बनेको मोटरसाइकल सडक छेउको पिपलको रुखमा ठोक्किएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक धनपालथान–२ का ३५ वर्षीय सीताराम मण्डलको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार गम्भीर घाइते भएका मण्डललाई उपचारका लागि विराटनगरको गोल्डेन अस्पताल ल्याइपुर्‍याउनसाथ चिकित्सकले राति १० बजेतिर मृत घोषित गरेका हुन् ।

तीव्र गतिका कारण मोटरसाइकल दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ

 

स्रोतः अन्नपुर्ण

प्रतिक्रिया दिनुहोस्