दाङमा ट्रक दुर्घटना हुदा दुईजना घाइते

तुलसीपुर, १३ श्रावन । दाङमा ट्रक दुर्घटना हुँदा दुईजना घाईते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा लमही नगरपालिका २ निवासी १६ वर्षिय करुणा चौधरी र १८ वर्षिय रबिना चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गौतमले जानकारी दिनुभएको छ । घाइते दुवैजनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको उहाले बताउनुभयो

प्रहरीका अनुसार बुटवलबाट तुलसीपुरतर्फ आउँदै गरेको ना ४ ख ८४८७ नम्बरको ट्रक लमही घोराही सडकखण्ड अन्तर्गत घोराही ३ चौपट्टामा ब्रेक फेल भएर दुर्घटना भएको हो । चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्