१० वर्षीया बालिकाको बलात्कारपछि हत्या, आरोपितको घरमा लगाइयो आगो

भारतको बेगुसरायमा छिमेकीको बेसमेन्टबाट १० वर्षीया बालिकाको शव फेला परेको छ। शवलाई १० फिट खाल्डो खनेर गाडिएको थियो। बालिकालाई सामूहिक बलात्कार गरेको परिवारको आरोप छ।

यसपछि उनको हत्या भयो। यस घटनामा ६ अभियुक्त पक्राउ परेका छन्। पोस्टमार्टमपछि मात्रै बलात्कारको पुष्टि हुने प्रहरीले जनाएको छ।

 

भारतीय अनलाइन दैनिक भास्करका अनुसार यही जुलाई २४ तारिख बालिका छिमेकी गुड्डु सिंह (४७) को घरमा मेहन्दी टिप्न गएकी थिइन्। त्यसयता उनी बेपत्ता भएकी थिइन्।

 

जुलाई २७ साँझ प्रहरीले अभियुक्तको घरमा शव फेला पारेको थियो। घटना बछवारा प्रहरी चौकी क्षेत्रको हो।

 

घटनाबाट आक्रोशित स्थानीयले. अभियुक्तको घरमा आगजनी र तोडफोड गरेका छन्। एउटा गाडी पनि जलाइएको छ।

बालिका बलात्कार तथा हत्या आरोपमा अहिलेसम्म ६ जनालाई पक्राउ गरिएको छ।

 

एसपी योगेन्द्र कुमारका अनुसार तीन जनालाई हत्या र तीन जनालाई प्रमाण लुकाउन सहयोग गरेको अभियोग छ।

प्रतिक्रिया दिनुहोस्