तुलसीपुरमा महिलालाई सामूहिक रुपमा बलात्कार प्रयास गर्ने ३ जना पक्राउ

तुलसीपुर, १२ श्रावन । दाङको तुलसीपुरमा एक महिलालाई सामूहिक रुपमा बलात्कार प्रयास गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका ६ का २२ वर्षिय दुर्गा बहादुर केसी, तुलसीपुर १२ निवासी २० वर्षिय अभिषेक चौधरी र सोेही ठाउँका १९ वर्षिय तिलक परियार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एवम् प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिनुभएको छ । गत बुधबार बेलुका साढे ६ बजेतिर तुलसीपुर १२ कपडादेवी सामुदायिक वनमा ३२ वर्षिया एक महिलालाई सामूहिक बलात्कार प्रयास गरेको आरोपमा उनीहरुलाई पक्राउ गरीएको उहाले बताउनुभएको छ ।

आरोपी ३ जनाले ती महिलालाई बलात्कार प्रयास सँगै महिलासंग भएको एक तोलाको सुनको सिक्री, एक थान मोबाइल र पाँच हजार रुपैयाँ नगद समेत लुटेर फरार भएका थिए । उनीहरुलाई प्रहरीले हिजो बिहिबार बिहान तुलसीपुर ६ स्थित राप्ती बबई क्याम्पस नजिकैबाट पक्राउ गरेको हो । बुधवार बेलुकीको घटना भएपनि आज शुक्रबार मात्रै किटानी जाहेरी परेकाले सामूहिक बलात्कार प्रयास र डाँकाचोरी मुद्दा दर्ता गरी पक्राउ परेका तीनै जनालाई म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्