बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी चितवन भरतपुर महानगरपालिका-१४ घर भई काठमाडौं नयाँबानेश्वर बस्ने ६३ वर्षीय गम बहादुर पौडेललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

 

बैंकिङ कसूर मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महाराजगंजबाट पक्राउ गरेको हो ।

 

उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्