नाइजरमा सेनाले ‘कु’ गरेर सत्ता हातमा लियो

अफ्रिकी मुलुक नाइजरमा सेनाले ‘कु’ गरेको छ ।

 

कर्णेल मेजर अमाडो अब्द्रामानेले राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै देशको शासन सत्ता सेनाले लिएको घोषणा गरेका हुन । सेनाले संविधान विघटन गर्दै देशका सबै संघसंस्था पनि निलम्बन गरेको छ । त्यस्तै देशको सम्पूर्ण अन्तराष्ट्रिय सिमानाका बन्द गरिएको छ । टेलिभिजन घोषणामा सेनाले अब आफ्नो नेतृत्वमा बन्ने राष्ट्रिय परिषद्ले मुलुकको दैनिक कामकाज चलाउने बताएको छ । नाइजरका राष्ट्रपति मोहम्मद बाजुमलाई बुधबार बिहानैदेखि सेनाले नियन्त्रणमा लिएको थियो ।

नाइजरका राष्ट्रपति बाजुम इस्लामीक आतंकवादविरुद्धको लडाईमा पश्चिमाहरुको प्रमुख साझेदार मानिन्छन । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले बाजुमलाई टेलिफोन गरि वाशिंगटनको समर्थन रहेको बताएका छन । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि आफूले राष्ट्रपतिसँग कुरा गर्दै राष्ट्रसंघको पूर्ण सहयोगको प्रतिबद्धता जनाएका छन । अफ्रिकी युनियनले पनि सैन्इ ‘कु’ को विरोध गरेको छ ।।

प्रतिक्रिया दिनुहोस्