१ लाख घुस सहित प्रहरी हवल्दार पक्राउ

 श्रावन ११ -काठमाडौं,  १ लाख घुस सहित काठमाडौंको बुढानिलकण्ठबाट प्रहरी बरिष्ठ हवल्दार विष्णु सिंहलाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

 

प्रहरी प्रभाग बुढानिलण्ठमा कार्यरत हवल्दार सिंहले कुख्रे खोलाको ढल तथा सरसफाई र निकाश गर्दा निस्कने बालुवा व्यवस्थापनमा सहजिकरण गर्न घुस लिएको अख्तियारका एक अधिकृतले जानकारी दिनुभएको छ । टंगालस्थित अख्तियार मुख्यालयबाट खटिएको टोलीले उहालाई बुढानिलकण्ठ नगरपालिका–२ बासिकबाट पक्राउ गरेर अनुसन्धान थालेको छ । बुढानिलकण्ठ प्रभागको इन्चार्ज इन्स्पेक्टर रहने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्