धनगढीमा एम्बुलेन्सको ठक्करबाट पैदल यात्री घाईते

धनगढीमा एम्बुलेन्सको ठक्करबाट पैदल यात्री घाईते भएका छन्।

 

धनगढी उपमहानगरपालिका–१३ भाटभटेनी नजिक चौमलाबाट धनगढी तर्फ आउदै गरेको गौरीगंगा नगरपालिकाको सु.प.प्र.०१००१ च ३६१८ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा कालीकोट रासकोट नगरपालिका–५ का २८ वर्षीय नकुल शाही घाईते भएका हुन्।

एम्बुलेन्सको ठक्करबाट शाहीको दुबै घुडा र निधारमा चोट लागेको छ। उनको मायामेट्रो अस्पताल धनगढीमा उपचार भई रहेको प्रहरीले जनाएको छ। एम्बुलेन्स र चालक गोदावरी नगरपालिका–८ का ४५ वर्षीय जितराम चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्