संसद भवन घेर्न गएका लघुवित्त पीडितहरू पक्राउ

काठमाडौ, १० श्रावन । संसद् भवन घेराउ गर्न गएका लघुवित्त पीडितहरूलाई प्रहरीले पक्राउ गरेको छ । लघुवित्त संस्थाहरूले गरिब जनताहरूलाई पीडा दिँदा पनि राज्य मौन भएको भन्दै लघुवित्तीय संस्थाविरुद्धको सङ्घर्ष समितिको अगुवाइमा संसद् भवन घेराउ गर्न खोज्ने केही आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

काठमाडौँको माइतीघरबाट बानेश्वरतर्फ अघि बढ्ने क्रममा निषेधित क्षेत्र तोड्न खोज्दा केहीबेर आन्दोलनकारी र प्रहरीबीच घम्साघम्सी भएको थियो । आन्दोलनमा सहभागीहरूले लघुवित्तका कारण आफूहरू पीडित भएको भन्दै सरकारले समस्या समाधान गर्नुपर्ने माग गरेका थिए । उनीहरूले आफ्ना माग पूरा नभए घर नफर्कने बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्