लागुऔषध हेरोइनसहित ४ जना पक्राउ

श्रावन १०-रुपन्देही,   रुपन्देहीमा लागुऔषध हेरोइनसहित ४ जनाला प्रहरीले पक्राउ गरेका छ । सैनामैना नगरपालिका– १० का २६ वर्षीय सुनिल थारु, त्यही ठाउँका २८ वर्षीय जितबहादुर दर्लामी, २५ वर्षीय दिनेशकुमार पुन र कञ्चन गाउँपालिका–५ बस्ने १८ वर्षीय प्रतिक थापालाई हिजो पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।

 

लागुऔषध खैरो हेरोइनको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा सालझण्डी बजारबाट पक्राउ परेका उनीहरुको साथबाट २ हजार ५ सय ६० मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरी निरीक्षक ईश्वरबहादुर थापाले जानकारी दिनुभएको छ । साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीेले जनाएको छ ।

 

स्रोतः तुलसीपुर खबर

प्रतिक्रिया दिनुहोस्